प्रदेश नं. ५ को प्रदेश प्रमुख पदमा नियुक्त हुनुभएका माननीय श्री उमाकान्त झाज्यूले उक्त पदमा बहाल रहुन्जेलसम्म दोहोरो सुबिधा नलिने

प्रदेश प्रमुखको कार्यालय, मुकाम बुटवल 2075-04-31

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेबी भण्डारीज्यूबाट प्रदेश नं. ५ को प्रदेश प्रमुख पदमा नियुक्त हुनुभएका माननीय श्री उमाकान्त झाज्यूले उक्त पदमा बहाल रहुन्जेलसम्म दोहोरो सुबिधा नलिने मनसायले नेपाल सरकारबाट विगतमा सचिव पदबाट सेवानिवृत्त भएपछि लिंदै आउनुभएको निवृत्तिभरण वापतको रकम नलिने घोषणा गर्नुभएको छ । निवृत्तिभरण स्थगनका लागि माननीय प्रदेश प्रमुख श्री झाज्यूबाट श्री निवृत्तिभरण व्यवस्थापन कार्यालय, टेकु, काठमाडौंलाई पत्राचार भई निवृत्तिभरण स्थगन गरिएको जानकारी उक्त कार्यालयबाट प्राप्त भएको छ । माननीय प्रदेश प्रमुखज्यूको निवृत्तिभरण स्थगन सम्बन्धी जानकारी यस कार्यालयबाट श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराईसकिएको ब्यहोरा जानकारी गराउछु ।
मितिः २०७४।११।२८

(सनत कुमार दुवाडी)
सचिव