कार्यालयका कार्यहरु

प्रदेश प्रमुखको कार्यालय, मुकाम बुटवल

प्रदेश प्रमुखको कार्य सम्पादनमा सहयोग पुर्‍याउनको लागि स्वकीय सचिवालय तर्फ १२ र कार्यालय तर्फ १९ कर्मचारीहरू रहने व्यवस्था छ । प्रदेश प्रमुखको कार्यालय तर्फ रहने कर्मचारीहरूले निजी सचिवालय, व्यवस्थापन शाखा र सूचना तथा समन्वय शाखामा रही कार्य विवरणमा तोकिएको कार्यहरू सम्पादन गर्ने व्यवस्था मिलार्इएको छ |

व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरु

 

- माननीय प्रदेश प्रमुखको कार्यसम्पादनका लागि आवश्यक प्रशासनिक सहयोग उपलब्ध गराउने कार्य,
- माननीय प्रदेश प्रमुखबाट हुने विभिन्न व्यक्तिहरुको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने र ति भेटघाटको अभिलेखिकरण गर्ने कार्य,
- कर्मचारी प्रशासन तथा कार्यालय व्यवस्थापन सम्बन्धी कार्य, बजेट, कार्यक्रम तयारी तथा आर्थिक प्रशासन सम्बन्धी कार्य,
- जिन्सी व्यवस्थापन सम्बन्धी कार्य,
- कानूनी राय तथा परामर्श सम्बन्धी कार्य,
- विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
- प्रादेशिक पदाधिकारीहरुको नियुक्ति, सपथ ग्रहण र प्रतिवेदन ग्रहण आदि कार्यक्रमहरुको व्यवस्थापन सम्बन्धी कार्य,
- प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित कानुन कार्यविधि, निर्देशिका आदिको तर्जुमा तथा संशोधन सम्बन्धी कार्य,
- कार्यालयसँग सम्बद्ध विषयमा अदालतमा पर्ने निवेदनहरुमा लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्य,
- प्रदेश मन्त्रीपरिषद्, प्रदेश सभा आदि निकायबाट प्राप्त निर्णय, विधेयक, प्रतिवेदन तथा अन्य विवरण प्राप्त गर्ने, अभिलेखिकरण गर्ने तथा आवश्यक कार्यबाहीको प्रक्रिया बढाउने कार्य,
- कार्यालय भित्र र बाहिर हुने औपचारिक-अनौपचारिक समारोहको व्यवस्थापन सम्बन्धी कार्य,
- सुचना, प्रविधिको व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिए बमोजिमका अन्य कार्य ।

 

सूचना तथा समन्वय शाखाबाट सम्पादन हुने कार्यहरु

 

- राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा माननीय प्रदेश प्रमुखको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य
- माननीय प्रदेश प्रमुख/ कार्यालय/ प्रदेशस्तरको सार्वजनिक सरोकार, सरकार र संसद सम्बन्धी महत्वपुर्ण र उपयुक्त देखिएका प्रकाशित सूचना र समाचारको संकलन तथा अभिलेखिकरण गर्ने, प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित महत्वपूर्ण गतिविधिहरुलाई WebSite तथा संचार माध्यमबाट सार्वजनिक गर्ने कार्य,
- कार्यालयको वेवसाइट अद्यावधिक गर्ने कार्य,
- प्रदेश र अन्य प्रदेश तथा सरोकारवाला कार्यालयबाट भए गरेका काम कारवाहीको सम्बन्धमा जानकारी तथा अनुभव आदान प्रदान सम्बन्धी
कार्यक्रम तयार गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखज्यूबाट हुने सम्बोधन, शुभकामना आदि तयार गर्ने कार्य,
- माननीय प्रदेश प्रमुख संलग्न हुने औपचारिक, अनौपचारिक कार्यक्रम तथा भ्रमणहरुको समन्वय तथा व्यवस्थापन गर्ने र त्यस्ता कार्यक्रम र
भ्रमणहरुको अभिलेखीकरण गरी व्यवस्थित गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखलाई संबोधन गरी प्राप्त निवेदन तथा ज्ञापनपत्रहरुको अध्ययन, विश्लेषण गरी प्रतिक्रिया जवाफ दिने, आवश्यक
कार्यबाहीको निमित्त सम्बन्धित निकायमा पठाउने र त्यसको अभिलेख राख्ने कार्य,
- सुरक्षा निकाय, प्रादेशिक तथा अन्य निकायहरुसँग समन्वय सम्बन्धी कार्य,
- सपथ ग्रहण एवं अन्य सार्वजनिक समारोहको व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग पुर्‍याउने कार्य,
- सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम सम्पादन गर्नुपर्ने कार्य,
- सार्वजनिक सञ्चारका साधनहरु, मिडियाहरु सँग समन्वय तथा सञ्चार सम्बन्धी कार्य,
- तोकिए बमोजिमका अन्य कार्य ।

 

प्रदेश प्रमुखको निजी सचिवालयबाट सम्पादन हुने कार्यहरु

 

- माननीय प्रदेश प्रमुखको कार्यक्रम व्यवस्थापन सम्बन्धी कार्य,
- माननीय प्रदेश प्रमुखलाई सम्बोधन गरी प्राप्त हुने निवेदन तथा पत्रहरु अध्ययन गरी पेश गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखको कार्यालयमा हुने भेटघाट व्यवस्थापन गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखबाट हुने आदेश, निर्देशनको कार्यान्वयनबारे अनुगमन र समन्वय गर्ने कार्य ।